स्मार्ट दरबारमा राजा फर्काउने छलफल

स्मार्ट दरबारमा राजा फर्काउने छलफल

चैत १५ को हिंसात्मक प्रदर्शनपछि रक्षात्मक बनेको राजावादी आन्दोलनलाई अघि बढाउन पूर्वपञ्चहरु छलफलमा जुटेका छन् । 

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनान्दोलन समितिको अगुवाइमा  राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति, विपी कांग्रेस, शिव सेना नेपाललगायत विभिन्न समूहमा रहेका राजावादी संघ संस्था र व्यक्तिहरुले आज संयुक्त बैठक गरेका हुन् । धुम्बाराहीस्थित स्मार्ट दरबारको सभा हलमा मध्याह्न १२ बजेबाट शुरु भएको बैठक अहिले जारी छ । 

नवराज सुवेदी नजरबन्दमा परेपछि कार्यवाहक संयोजक तोकिएका जगमान गुरुङले डाकेको पहिलो बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि गएका छन् । त्यस्तै, राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय शक्तिका अध्यक्ष केशरबहादुर विष्ट र विपी कांग्रेसका उपाध्यक्ष कर्ण मल्लको पनि सहभागिता रहेको बताइएको छ । 

राजावादी बैठकमा पूर्व सांसद तथा एमाले नेतृ गङ्गा चौधरी सत्गौवा, अभियन्ता भारत बस्नेतलगायत पनि उपस्थित छन् ।

टिप्पणीहरू