मान्छे छुटाउन राजावादीहरुले रगत लत्पतिएको माटोको टीका लगाएर गिरफ्तारी दिने

मान्छे छुटाउन राजावादीहरुले रगत लत्पतिएको माटोको टीका लगाएर गिरफ्तारी दिने

राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेतालाई नछोडे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् । 

राजावादी ओन्दोलनप्रति प्रतिबद्धता जनाउन आज धुम्बाराहीस्थित स्मार्ट दरबार बैक्वेंटमा जुटेका पूर्वपञ्चहरुको भेलालाई सम्बोधन गर्दै उनले राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई रिहाइ गर्न सरकारलाई बैशाख २१ गतेसम्मको अल्टिमेटम पनि दिए ।

‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा हुनुपर्छ र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं,’ उनले भने, ‘हामी ज्यानको माया मारेर अगाडि बढ्नेछौं । सबैभन्दा अगाडि म हुन्छ, तपाईंहरू को(को आउनुहुन्छ आउनुस् ।’

तीनकुने घटनापछि समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्द छन् । मिश्र र राणाविरुद्ध संगठित अपराध र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू