काँग्रेसलाई रिझाउँदै प्रधानमन्त्री- ०८४ पछि पनि साथ छोड्दिन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्य २०८४ को चुनावपछि पनि कायम रहने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले आजभोलि नै सरकार परिवर्तन हुने हल्लामा कुनै सत्यता नभएको दावी पनि गर्नुभयो । 'भोलि सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति छैन । यो सरकार कमसेकम ०८४ को चुनावसम्म जान्छ । त्यसपछि पनि यो सिलसिला कायम रहन्छ', प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री ओलीले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले देशमा तीव्र विकासको सम्भवना बढेको जिकिर पनि गर्नुभएको छ । भन्नुहुन्छ, 'देशमा ठुलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरु कम्फर्टेबल मेजरिटीका साथ देशको सरकारमा छन् । स्थिरता र स्थायित्व छ, रहन्छ । यो सकारात्मक कुरा हो ।'
भ्रष्टाचारीको मुख नहेर्ने रटान उहाँले आज पनि दोहोर्याउनुभयो ।
टिप्पणीहरू