एक करोडमा बनेको फिल्मले कमायो १८ हजार

एक करोडमा बनेको फिल्मले कमायो १८ हजार

दर्शकले रुचाएको हिट चलचित्रको आम्दानीबारे चर्चा हुनु स्वभाविक हो । तर यतिबेला वर्षकै कम आम्दानी गर्ने एउटा चलचित्रले सबैको ध्यान तानेको छ । 

चलचित्र विकास बोर्डको बक्स अफिस कलेक्शनको तथ्यांकअनुसार ‘शीरफूल’ नामको फिल्म यो वर्षकै सबैभन्दा कम आम्दानी गर्ने चलचित्र बनेको छ । एक करोडभन्दा बढी लगानीमा निर्माण भएको उक्त फिल्मले जम्माजम्मी १८ हजार ५०० कमाएको हिसाब छ । 

देशभरका सिनेमा हलहरुमा जम्मा ८९ टिकट बिक्री भएको बताइएको छ । कमल मगरले निर्देशक गरेको उक्त चलचित्रमा मरिस्का पोखरेल, देव आले, रुपा रानालगायतको अभिनय छ । 

कम आम्दानी गर्ने अन्य चलचित्रमा ‘एक्टर’ र ‘आँखा’ पनि छन् । ‘एक्टर’ले कुल ३३ हजार कलेक्शन गर्दा ‘आँखा’ले ९२ हजार कमाएको उल्लेख छ । 

यस्तै, ‘पुर्णबहादुरको सांरगी’ वर्षको सुपर हिट चलचित्र बनेको छ । यसले देशभित्रबाट मात्रै ४० करोड कलेक्शन गर्दै कुल ७० करोड हारहारीमा आम्दानी गरेको बक्स अफिसमा अंकित छ ।

टिप्पणीहरू