आजै मध्यराती नेपालको ठूलो जहाज  म्यानमारतिर

आजै मध्यराती नेपालको ठूलो जहाज  म्यानमारतिर

म्यानमारका भूकम्प पीडितहरुको निम्ति आपतकालीन राहत सामग्री बोकेर नेपाल वायुसेवाको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ जाँदैछ । करिब २७ टन औषधि,लत्ताकपडा,खाद्यान्न,टेन्ट लिएर करिब एक दर्जन सरकारी अधिकारी र आधा दर्जन सञ्चारकर्मी पनि सोही विमानमा म्यानमार जान लागेका छन् ।

गृह मन्त्रालयका अनुसार उसका दुई जना,सञ्चारकर्मी छ जना र परराष्ट्र मन्त्रालयका छ जना अधिकारीको उपस्थितिमा भोलि बिहान राजधानी नेपितस्थित विमानस्थलमा ती सामाग्री हस्तान्तरण गरिने छ । म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले त्यहाँका अधिकारीहरुलाई सामान हस्तान्तरण गरेपछि विमान भोलि दिउँसो काठमाडौं आइपुग्ने छ ।

यसवीच परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले म्यानमार लैजान ठिक्क पारिएको राहत सामाग्रीको निरीक्षण गर्नुभएको छ । दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको कार्गो कम्प्लेक्स भवन पुगेर उहाँले ती सामान निरीक्षण गर्नुभएको हो ।

यसअघि नेपाली सेनाको एउटा विमान राहत,औषधि र उध्दार सामाग्रीसँगै चिकित्सकहरुको टोली बोकेर त्यहाँ गएको थियो । सैन्य चिकित्सक टोली अझै पनि म्यान्मारका भूकम्प पीडितहरुको उपचारमा सक्रिय छ ।

टिप्पणीहरू