ब्रोडब्याण्ड सञ्चालनको अवस्थाबारे प्राधिकरणको सोधखोज
नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड सेवा सञ्चालनको अवस्थाबारे जानकारी मागेको छ । देशभरका स्थानीय तह तथा वडा कार्यालयलाई आफ्नो क्षेत्रमा ब्रोडब्याण्ड सेवा सञ्चालनमा रहे–नरहेको जानकारी पठाउन प्राधिकरणले भनेको हो ।
ग्रामीण दूरसञ्चार विकास कोष परिचालनमार्फत सञ्चालित परियोजनाबाट ब्रोडब्याण्ड सेवा जडान भएका स्थानीय तहको कार्यपालिका र वडा कार्यालयमा परियोजनाअन्तर्गत तोकिएको दुई वर्षको सेवा अवधि सकिएको अवस्थामा सेवा निरन्तरता भए–नभएको र हालको अवस्थाबारे तोकिएको ढाँचामा लेखी पठाउन प्राधिकरणको निर्देशन छ ।
सूचनामा उल्लेख छ, ‘ग्रामीण दूरसञ्चार विकास कोष परिचालनमार्फत सञ्चालित परियोजनाबाट ब्रोडब्याण्ड सेवा जडान भएका स्थानीय तहको कार्यपालिका र वडा कार्यालयमा परियोजनाअन्तर्गत तोकिएको दुई वर्षको सेवा अवधि सकिएको अवस्थामा सेवा निरन्तरता भए–नभएको तथा उक्त परियोजना कार्यान्वयनका क्रममा संघीय संरचनामा भएको परिवर्तन समेतका कारण छुट हुन गएका स्थानीय तहको कार्यपालिकाको कार्यालयहरु र वडा कार्यालयहरुबाट हालको ब्रोडल्याण्ड सेवा सञ्चालनको अवस्थाबारे विवरण यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उपलब्ध गराउन अनुरोध छ ।’
स्थानीय तहको नाम, वडा नम्बर, ब्रोडब्याण्ड सेवा सञ्चालनमा रहे–नरहेको, सञ्चालनमा रहेको भएमा कुन सेवा प्रदायकमार्फत भइरहेको, वैकल्पिक ब्रोडब्याण्ड सेवा प्रदायक छनौटको अवस्था र प्राधिकरण स्रोतबाट ब्रोडब्याण्ड सेवा उपलब्ध भए–नभएको उल्लेख गरी पठाउन भनिएको छ ।
टिप्पणीहरू