टिआरसी आयोगमा पदाधिकारी नियुक्तिको तयारी

टिआरसी आयोगमा पदाधिकारी नियुक्तिको तयारी

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमलाप आयोगको पदाधिकारीमा दरखास्त आह्वान भएको छ । 

दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका निम्ति नाम सिफारिस गर्न गठित समितिको सचिवालयले आज सूचना जारी गर्दै आवेदन मागेको हो । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष वा सदस्यको नाम सिफारिससम्बन्धी छनौट प्रक्रिया, २०८१ बमोजिम योग्य व्यक्तिलाई आगामी दश दिनभित्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयस्थित समितिको सचिवालयमा दरखास्त दिन भनिएको छ । 

सूचनामा उल्लेख छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१–१२–११ को निर्णयानुसार गठित सिफारिस समितिले उल्लिखित आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि नाम सिफारिस गर्ने प्रयोजनका लागि निर्धारण गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनौट प्रक्रिया, २०८१ बमोजिम ती पदमा नियुक्तिका लागि इच्छुक व्यक्तिले सो प्रक्रियाको अनुसूची–१ बमोजिम ढाँचामा आवेदन भरी दश दिनभित्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालय वा इमेलमा पेश गर्न अनुरोध छ ।’

टिप्पणीहरू