खोला मापदण्डविरुद्ध फेरि जुलुस

खोला मापदण्डविरुद्ध फेरि जुलुस

गैरन्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । 

भूमि अधिकार संरक्षण समितिको अगुवाइमा आज बिहान काठमाडौँका विभिन्न स्थानबाट र्यालीसहित माईतीघर मण्डलामा भेला भएका अभियन्ताहरुले जुलुससहित प्रदर्शन गरेका हुन् । उनीहरुले 'जनतालाई उठिवास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर', 'झीगु भूमि झीगु अधिकार', 'जनताको सम्पत्तिको हक कायम गर', 'आइएसओ १६९ लागू गर' लेखिएका प्लेकार्ड देखाए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै धोबिखोला करिडोर प्रभावित मूल समितिका अध्यक्ष ऋषिराम बस्यालले नदी किनारको २० मिटर क्षेत्र छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलाको चर्को विरोध गरे । उक्त फैसलालाई मनगढन्ते भनेका उनले मापदण्डको नाममा सरकारले आतंक मच्चाएको आरोप लगाए । 

अहिले काठमाडौं उपत्यकामा मात्रै देखिएको यो समस्या अदालतको फैसला कार्यान्वयन हुँदा देशभर देखिने र करोडौं जनता विस्थापित हुने बस्यालको दावी छ । 

त्यसअघि बिजुली बजार पुलबाट निस्किएको जुलुस बबरमहल हुँदै माइतीघर मण्डला पुगेर धर्नामा परिणत भएको थियो । धोबिखोला कोरिडोर प्रभावित मूल समितिका सचिव प्रदिप फुयाल, सदस्य राजु केसीलगायतले जुलुसको नेतृत्व गरेका थिए ।
 

टिप्पणीहरू