रविलाई थुनिएको ठाउँमा भोलि दिउँसो प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली भोलि रुपन्देहीको भैरहवा जान लाग्नु भएको छ । नेकपा एमालेले बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा आयोजना गरेको बृहत जागरण सभा कार्यक्रमलाई सम्बोधन गर्न उहाँ भोलि दिउँसो १ बजे त्यता प्रस्थान गर्नुहुनेछ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत त्यता जान लाग्नुभएका उहाँ २ बजे कार्यक्रमलाई सम्बोधन गरेर ४ बजे काठमाडौं फर्किने तालिका छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालय,रुपन्देही र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । बिहान ११ बजे कार्यक्रम स्थलमा सम्भावित खतरा न्यूनीकरणका निम्ति ‘डग स्निफिङ’ गराउन पनि भनिएको छ ।
टिप्पणीहरू