दुर्गा प्रसाईंलाई ल्याएपछि काठमाडौंका प्रहरीलाई भ्याइनभ्याइ
दुई साताअघिको हिंसात्मक घटनालगत्तै भागेर भारत पुगेका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला प्रहरी परिसर ,भद्रकाली पुर्याइएको छ । उनलाई भर्खरै झापाबाट बुद्ध एअरको उडानमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय झापामा केहीबेर राखेपछि उनलाई सोझै चन्द्रगढी विमानस्थल र काठमाडौं विमानस्थलबाट सोझै काठमाडौं परिसर लगिएको छ । राजकाज र संगठित अपराधको मुद्दा लगाउने क्रममा प्रहरीले प्रशासनिक प्रक्रिया पूरा गर्दै छ । आजै प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।
अदालतबाट म्याद थपेपछि उनीमाथि थप अनुसन्धान हुन्छ । भोलि र सोमबार सार्वजनिक बिदा छ । यसअघि पक्राउ परेपछि परिसरको हिरासतमा रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद तथा महामन्त्री धवलसमशेर राणालाई अदालतले तेस्रो पटक म्याद थपेको छ ।
टिप्पणीहरू