एमाले मुख्यालयमा छलफल जारी

एमाले मुख्यालयमा छलफल जारी फाइल फाेटाे

नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा विभिन्न विषयमा छलफल गरिएको बताइन्छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे गहन ढंगले समीक्षा गरिएको छ ।

चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शन, त्यसपछि राप्रपाको आमसभा, एमालेको जागरण अभियानलगायत घटनाक्रमपछि एमालेको सचिवालय बैठक बसेको हो । एमालेले आफ्नो नेतृत्वको सरकारका कामकारबाहीबारे पनि समीक्षा गर्दैछ ।

टिप्पणीहरू