‘उपसचिव’ महिला लाखौंका ठगीमा संलग्न
‘उपसचिव’ हुँ भन्दै हिँडेकी एउटी महिला प्रहरी खोरमा पुगेकी छन् । लाखौं रकम ठगेको आरोपमा ललितपुर महानगरपालिका–२५, बस्दै आएकी दैलेखकी ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
कानून मन्त्रालयको उपसचिव तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताएकी उनीमाथि साढे सात लाखभन्दा बढी रुपैयाँ ठगेको प्रहरीको आरोप छ । जानकीले विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का र अनुदान मिलाइदिने प्रलोभनमा सात लाख ६० हजार ८०० रुपैयाँ ठगेको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले उनलाई त्रिपुरेश्वरबाट नियन्त्रणमा लिएको हो । ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका निम्ति जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
टिप्पणीहरू