पूर्वराष्ट्रपति चीन जाँदै, मन्त्रीहरु एकपछि अर्को विदेश यात्रामा

पूर्वराष्ट्रपति चीन जाँदै, मन्त्रीहरु एकपछि अर्को विदेश यात्रामा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ आगामी जेठ १० गते बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । 

चीन सरकारको निमन्त्रणमा हुन लागेको साताव्यापी भ्रमणमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का असार ९ गते चीन जाने कार्यक्रम छ । सांघाईमा आयोजना हुने ‘संघाई सहयोग संगठन’को मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उहाँ त्यता जान लाग्नुभएको हो । 

भौतिक तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल जेठ दोस्रो साता विदेश भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ दक्षिण कोरियामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ जेठ तेस्रो साता रुस जाँदै हुनुहुन्छ । सरकारका प्रवक्ता समेत रहनुभएका उहाँ जेठ २२ र २३ गते नोभगरोडमा आयोजना हुने ‘ग्लोबल डिजिटल फोरम’को कार्यक्रममा सहभागी हुन त्यता जान लाग्नुभएको हो ।

टिप्पणीहरू