धरौटीको आदेशलगत्तै अमला फेरि पक्राउ

धरौटीको आदेशलगत्तै अमला फेरि पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपनि अमला रोका फेरि पक्राउ परेकी छन् । 

न्यायाधीश बलराम लम्सालको इजलासमा आज भएको थुनछेक बहसपछि उनलाई दुई लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिइएको थियो । धरौटी बुझाएर रिहा हुनेक्रममा रहेकै बेला उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नियन्त्रणमा लिएको हो । 

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले अवैध सुन चोरी पैठारीसम्बन्धी सङ्गठित अपराधमा उनलाई पक्राउ गरिएको जानकारी दिए । ‘अवैध सुन चोरी पैठारीसम्बन्धी सङ्गठित अपराधमा उहाँलाई केही बेरअघि नियन्त्रणमा लिएका हौं,’ उनले भने ।

थुनछेक बहस नसकिएपछि अमलाको मुद्दा हेर्दाहेर्दैमा

अस्पतालको ढुकुटीमा आँखा लगाउनेहरु अख्तियारको फन्दामा

टिप्पणीहरू