यु–२३ पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
नेपाली राष्ट्रिय यु–२३ पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । ताजकिस्तानमा हुने ‘एएफसी यु–२३ एशियन कप क्वालिफायर्स’ खेलको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
एन्फाका कार्यवाहक महासचिव दामोदर भट्टराईले कार्यसमिति सदस्य पुरुषोत्तम थापा र मनिष जोशी, सिईयो इन्द्रमान तुलाधरलगायतको उपस्थितिमा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । आगामी सेप्टेम्बर ३ देखि ९ सम्म सो प्रतियोगिता हुँदैछ ।
नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै ‘ग्रुप एच’ मा रहेको छ ।
टिप्पणीहरू