अस्पताल नपुग्दै नेपाली कांग्रेसका एक नेताको अवसान

अस्पताल नपुग्दै नेपाली कांग्रेसका एक नेताको अवसान

बाग्लुङ्ग जिल्लाको काँठेखोला नगरपालिका,बिहुँकोटमा जन्मेका नेपाली कांग्रेसका बयोबृध्द नेता गोविन्द कंडेलको हिजो बिहान निधन भएको छ। उहाँ मुटु रोगबाट पीडित हुनुहुन्थ्यो ।

करिव चौध महिना अगाडि पत्नी वियोग सहन गरेका ८६ बर्षीय गोविन्द कंडेल चितवनको रत्ननगर,टाँडीस्थित छोरी राधिका मिश्रको घरबाट काठमाडौँ जान हिंड्नुभएको थियो । त्यही अवस्थामा मुटुको दुखाई सहन नसकेर अचानक ढल्नुभयो । सोही अवस्थामा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पारिवारिक सूत्रबाट बुझिन आएको छ ।  

राजा महेन्द्रले 'कू' गर्दा अर्थात विसं २०१७ साल पुस १ गते तात्कालिन विकास बोर्ड बाग्लुङ्गका सदस्य गोविन्द कंडेल बाग्लुङ्ग,बिहुँको घरमै नजरबन्द हुनुभएको थियो। 

विसं २०४८ सालको चुनावमा बाग्लुङ्ग एक नम्बरबाट चुनाव जिती सांसद बन्नुभयो । उहाँ पटक पटक गरी करिव आठ वर्ष भन्दा बढी जेल बस्नुभयो ।

टिप्पणीहरू