चितवनमा एकैदिन दुई युवतीद्वारा विष सेवन

चितवनमा एकैदिन दुई युवतीद्वारा विष सेवन

चितवनमा हिजो दुईजना युवतीले विष सेवन गरेको पाइएको छ । विष सेवनपश्चात् दुवैलाई मध्यम अवस्थामा अस्पताल लगिएको थियोे ।

दिउँसो करिब तीन बजेतिर भरतपुर–११ बसेनीमा अन्दाजी २१ वर्षीया अनिशा भुजेलले फिनायल नामक विषादी सेवन गरेकी थिइन् । उनलाई श्रीमानले उपचारको लागि भरतपुर अस्पताल लगेको जानकारीमा आएको छ । लमजुङ जिल्लाको राइनास नगरपालिका–१ घर भई भरतपुरको बसेनीमा डेरा बस्ने मदन भुजेलकी श्रीमती अनिशाले विष सेवन गर्नुको कारण नखुलेको प्रहरीले बताएको छ । 

हिजो दिनको करिब चार बजे कालिका नगरपालिका–६, खोलेसिमलमा २४ वर्षीया उषा ढुङ्गानाले घरमै किरा मार्ने विषादी सेवन गरिन् । उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज लगिएको बताइएको छ । यो पछिल्लो घटनामा पनि विषादी सेवन गर्नुको कारण नखुलेको प्रहरी बताउँछ । – अजय गोर्खाली

टिप्पणीहरू