ज्वाईंद्वारा श्रीमतीसहित ससुराली नै सखाप

ज्वाईंद्वारा श्रीमतीसहित ससुराली नै सखाप

भोजपुरको रामप्रसाद राई गाउँपालिका २, घोदेलीखानीमा राजेन्द्र राईले श्रीमतीसहित सासुससुरा र सालोको सामूहिक हत्या गरेका छन् । प्रहरीका अनुसार शनिबार राति ज्वाईं २७ वर्षे राईले १६ वर्षकी श्रीमती मनिषा गिरीसहित ससुरा ६८ वर्षे बेलबहादुर गिरी, सासु ४५ वर्षकी मञ्जु गिरी र ९ वर्षका सालो सपन गिरीको हत्या गरेका हुन् । 

खुकुरी प्रहारबाट सबैको हत्या गरेपछि उनले प्रहरीमा फोन गरेर आफूले सामूहिक हत्या गरेको बताउँदै पक्रन प्रहरीलाई सूचित गरेको बताइन्छ । त्यसपछि इलाका प्रहरी घोडेटारबाट इन्स्पेक्टर अनिलकुमार साहको टोली ४० किलोमिटर परको घटनास्थल पुगेर हत्यारा ज्वाईंलाई नियन्त्रणमा लिएको थियो ।

राईलाई उपचारका लागि राति नै भोजपुर अस्पताल पुर्याएको र त्यसपछि आपसी विवादमा सासुले आफूलाई छुराप्रहार गरेर घाइते बनाएको बताए । आवेशमा आफूले पनि घरमा रहेका सबैको खुकुरी प्रहारबाट हत्या गरेको साबिती बयान ज्वाईं राईले प्रहरीलाई दिइसकेका छन् । उनले बेलबहादुरकी छोरी मनिषासँग भागी विवाह गरेपछि  चर्केको विवाद सामूहिक हत्यामा परिणत भएको हो ।

टिप्पणीहरू