यस्तोसम्म भएछ सशस्त्रमा
गत हप्ता सशस्त्रका एक जना सिपाहीले रुपन्देहीमा धेरैभन्दा धेरै तस्करीका सामग्री समाते । उनले आफ्नो हाकिम ढकाल थरका इन्स्पेक्टरसँग कुराकानी गराए र सिंगै टोलीलाई आफ्नो खेमामा पार्न सफल भए । लगत्तै ती प्रहरीलाई अख्तियारको टोलीले समात्यो । उनले इन्स्पेक्टरको नाम पोलेपछि हल्चोक हेडक्वार्टरले विभागीय कारबाहीको प्रक्रिया अघि बढाउँदै ती इन्स्पेक्टरलाई सीमावर्ती जिल्लाहरूमा आइन्दा पोस्टिङ नहुने व्यवस्था मिलाइएको छ भने सो पोष्टमा कार्यरत ३०–४० जना कारवाहीको दायरामा आउने भएका छन् ।
यतिवेला ७ वटा बिओपीका कमाण्डरहरूले आचरणविपरीत काम गरेको अभियोगमा कारबाही भोगिरहेका छन् । हेडक्वार्टरले बिओपीहरूको गतिविधि निगरानी गर्न सिभिल स्पेशल टिमसमेत खटाएको बुझिएको छ ।
टिप्पणीहरू