मौसम सुधारसँगै यातायात सुचारु

मौसम सुधारसँगै यातायात सुचारु

मौसम सफा हुन थालेसँगै देशभरका विभिन्न ठाउँमा सवारी आवागमन सामान्य बन्दै गएको छ । प्रहरीका अनुसार भारी तथा अति भारी वर्षाको पूर्वानुमान र बाढी, पहिरोका कारण रोकिएको सवारी आवागमन अहिले गन्तव्यमा पठाउन थालिएको छ । 

पहिरोका कारण रोकिएको चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डको सवारी आवागमन सञ्चालनमा आएको प्रहरीले जनाएको छ । यस्तै, हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हुमाने–फाखेल सडकखण्डमा पनि सवारी साधन सञ्चालनमा आइसकेको छ । 

मुख्य राजमार्गमध्ये बीपी, अरनिको, कोशी, सिद्धिचरण, कुलेखानी, पासाङल्हामु सडकखण्डलगायत मार्गहरु भने पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले बताएको छ । सञ्चालनका आएका सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन पनि अनुरोध गरिएको छ । 

यसअघि जल तथा मौसम विज्ञान विभागले असोज १८ गतेदेखि २० गतेसम्म भारी तथा अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सरकारले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दुरीका र काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारी साधन आवतजावत भोलिसम्मका लागि बन्द गरेको थियो ।

टिप्पणीहरू