विपद् उद्धारबारे माओवादीको अर्कै निश्कर्ष
नेकपा माओवादी केन्द्र, कोशीले विपद्को घडीमा संघीय र प्रदेश सरकार राहत, क्षतिपूर्ति र विस्थापितको व्यवस्थापनमा प्रभावकारी नदेखिएको टिप्पणी गरेको छ । प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) ले प्रदेश सरकार हालसम्म सुतेर बसेको आरोप लगाएका छन् ।
प्रभावित क्षेत्रहरुमा तत्काल त्रिपाल, कम्बल, खानेकुरा, औषधिलगायत अत्यावश्यक राहत सामग्री युद्धस्तरमा पुर्याउनुपर्ने उनको माग छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘आजैदेखि हेलिकप्टरमार्फत इलामलगायतका क्षेत्रमा राहत पुर्याउने भनिएको कार्यलाई प्रभावकारी बनाइयोस्,’ विज्ञप्तिमा उल्लेख छ, ‘घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क तथा उचित उपचारको व्यवस्था गरियोस् । मृतक परिवारलाई तत्काल क्षतिपूर्ति र सहयोगको घोषणा गरियोस् ।’
त्यस्तै, बाढीपहिरो र डुबानका कारण भएको मानवीय तथा भौतिक क्षतिको यकिन गरी पीडितहरुलाई उचित क्षतिपूर्ति र विस्थापितको सुरक्षित स्थानमा दीर्घकालिन पुनःस्थापनाको व्यवस्थापनमा ठोस कदम चाल्न, विपद् व्यवस्थापनका लागि थप सक्रिय र जनउत्तरदायी संयन्त्र स्थापना गरी भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्ने दीर्घकालिन योजना बनाउन पनि माग गरिएको छ ।
टिप्पणीहरू