चीनको ‘स्वर्ण सप्ताह’

चीनको ‘स्वर्ण सप्ताह’

चीनमा अक्टोबर १ तारिखदेखिको पहिलो हप्तालाई गोल्डेन वीक अर्थात् स्वर्ण सप्ताह भन्ने गरिएको छ । जताततै रंगीचंगी फूल र हरियाली हुने र मानिसहरु नयाँ नयाँ ठाउँमा घुम्न जाने भएकाले उक्त विशेषण दिइएको हो ।

सिजिटिएनका अनुसार अक्टोबर १ तारिखको राष्ट्रिय दिवसको उपलक्ष्यमा आठ दिन औपचारिक बिदा दिइन्छ । यो अवधिमा चिनियाँहरु विभिन्न स्थानको भ्रमणमा निस्कन्छन् ।

यो अवधिमा आन्तरिक पर्यटनका कारण अर्थतन्त्र निकै चलायमान हुने गरेको छ । आर्थिक हिसाबले पनि यो समयलाई स्वर्ण सप्ताह भन्ने गरिएको हो । यो वर्ष सोही समयमा चीनको मध्य शरद पर्व पनि मनाइएको छ ।

टिप्पणीहरू