मेलम्चीको कागजात अख्तियारको कब्जामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा छापा मारेको छ। साँझ पुगेको आयोग टोलीले अनामनगरस्थित आयोजनाको कार्यान्वयन निर्देशनालयबाट ती कागजात नियन्त्रणमा लिएको बताइएको छ ।
आयोजनाका पाइपहरू गोप्य रूपमा बिक्री भइरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको र केही महत्वपूर्ण कागजात तथा अभिलेख नियन्त्रणमा लिएको बुझिएको छ।
यसअघि पनि मेलम्ची आयोजनामा पाइप खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा अनियमितता र भ्रष्टाचार भएको आरोपमा उजुरी परेको थियो। आयोगले सोही उजुरीका आधारमा अनुसन्धानलाई तीव्रता दिएको बुझिएको छ ।
टिप्पणीहरू