पुनः मन्त्री नियुक्तीकाे चर्चा

पुनः मन्त्री नियुक्तीकाे चर्चा

राष्ट्रपति रामचन्द्र पौडेलसँग जेन जी प्रतिनिधिहरूले शीतल निवासमा छलफल गरेका छन् । राष्ट्रपति पौडेल बिरामी भएपछि गत साता स्थगित छलफल आजभएकाे बताइएकाे छ।

छलफलमा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पनि सिंहदरबारमा क्याबिनेट बैठक सकाएर शीतल निवास पुग्नुभएकाे छ । 

छलफलमा जेन जीका तर्फबाट मोनिका निरौला, मदन कार्की, खेमराज साउद, भोजविक्रम थापा, शिव यादव, निकुञ्ज भण्डारी, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, धिरज जोशी लगायतका युवाहरु सहभागी छन् । मन्त्रिमण्डल विस्तार र आगामी निर्वाचनबारे छलफल भएकाे शीतल निवास बाहिरका जेन जीहरूले बताएका हुन् ।

टिप्पणीहरू