विश्व बैंकको छेवैमा ग्लोबल आइएमई बेस्ट
ग्लोबल फाइनान्स म्यागजिनले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ‘बेस्ट बैंक इन नेपाल २०२५’ को उपाधि प्रदान गरेको छ । सम्मान अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले ग्रहण गरेका छन् ।
बैंकले उक्त उपलब्धि आफ्ना कर्मचारीको समर्पण,संस्था बोर्डको दूरदृष्टि,ग्राहक,सेयरधनी र सरोकारवालाको विश्वास र समर्थन,तथा नियामक निकायहरूको मार्गदर्शनको परिणामस्वरूप प्राप्त गरेको जनाएको छ।
विश्वव्यापी बैंकिङ क्षेत्रमा उत्पन्न जटिल आर्थिक परिस्थिति, नियामकीय परिवर्तन र ग्राहक अपेक्षाका चुनौतीबीच अघि बढिरहेको वर्तमान समयमा प्राप्त यो सम्मानले बैंकको लचकता, नवप्रवर्तन र सहकार्यप्रतिको विश्वासलाई थप मजबुत बनाएको बैंकले जनाएको छ ।
गत वर्ष पनि यही उपाधि प्राप्त गरिसकेको ग्लोबल आइएमई बैंक लगातार दोस्रो वर्ष ‘बेस्ट बैंक इन नेपाल’ बनेको छ । पछिल्लो उपलब्धिले आगामी दिनमा अझ उत्कृष्टता, नवप्रवर्तन र दिगो वृद्धितर्फ अघि बढ्ने प्रतिबद्धता पुनः पुष्टि गरेको जनाइएको छ।
वासिङ्टनमा मुख्यालय रहेका विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठक भइरहेको छ । उक्त बैठकमा नेपालबाट अर्थमन्त्री रामेश्वर खनाल,अर्थ सचिव घनश्याम उपाध्याय,राष्ट्र बैंकका गभर्नर विश्व पौडेललगायत छ जनाको टोलीले भाग लिइरहेको बेला ढकालले ग्लोबल बैंकको उपाधि सम्हालेका हुन् ।
टिप्पणीहरू