माधवको निर्णय, ओलीको आह्वान

माधवको निर्णय, ओलीको आह्वान

नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ ।

भर्खरै सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले एकतामा जाने निर्णय गरेको औपचारिक निर्णय गरेको हो । माओवादी र नेपाल समाजवादी पार्टीसँग एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको प्रस्तावलाई बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे । 

तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायत केही नेताहरू भने एकताको विपक्षमा रहेका छन् ।

यता, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका पूर्वसहकर्मी र कार्यकर्तालाई पुरानै घर फर्किन आह्वान गरेका छन् । समाजवादीले एकता सम्बन्धी निर्णय गरिरहँदा आज साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो’, ओलीले भनेका छन् ।

टिप्पणीहरू