बालुवाटारमा संसदीय प्रक्रिया र राजनीतिमाथि छलफल

बालुवाटारमा संसदीय प्रक्रिया र राजनीतिमाथि छलफल

प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्को दुवै सदनका प्रमुख तथा उपप्रमुखहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीति र आगामी प्रतिनिधि सभा चुनावसम्बन्धी छलफल भएको बताइएको छ। 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव तथा सचिवहरूसमेत बैठकमा उपस्थित छन् ।

प्रधानमन्त्रीले अन्तरिम सरकार प्रमुखमा नियुक्तिको डेढ महिनापछि राजनीतिक भेटवार्ता शुरु गर्नुभएको छ । हिजो सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग सामूहिक छलफल गर्नुभएको थियो ।

टिप्पणीहरू