राप्रपामा पनि कारवाहीको किचलो

राप्रपामा पनि कारवाहीको किचलो

कम्युनिष्टहरूमा जस्तै पूर्वपन्चहरूको पार्टी राप्रपामा पनि अन्तरकलह चर्किएको छ । संस्थापन र इतर खेमाबीच लामो समयदेखि चलिरहेको विवादले बिस्तारै उग्ररुप लिन थालेको हो । 

 यसैबीच इतरपक्षका नेता महामन्त्री धवलशमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चार बुँदे मागपत्र लेखेका छन् । तत्काल महाधिवेशनको मिति तोक्नुपर्ने, नेताहरूमाथिको कारवाही फुकुवा गर्नुपर्नेजस्ता माग अघि सार्दै उनले आज केन्द्रीय कार्यालयमा पत्र बुझाएका हुन् ।  

 राणाले उपाध्यक्ष मुकुनश्याम गिरीलगायतलाई जिम्मेवारी मुक्त गर्ने अध्यक्ष लिङ्देनको निर्णयलाई स्वेच्छाचारी कदम भएका छन् । यो निर्णय तत्काल सच्याएर कारवाही फिर्ता लिन उनले माग राखेका छन् । 

‘पार्टीभित्रै उपाध्यक्ष मुकुन्दश्याम गिरीलगायत अन्य नेताहरूलाई स्पष्टीकरणको मौकासमेत नदिई, फेसबुकमा जानकारी हुनेगरी विधानविपरीत जिम्मेवारीबाट मुक्त गरिएको छ, यस्ता स्वेच्छाचारी कारबाहीको लामो सूची बनीसकेको छ’, राणाको पत्रमा भनिएको छ, ‘फरक मत, आलोचनात्मक चेत निमिट्यान्न पार्ने, नेता कार्यकर्तामाथि दुर्व्यवहार, अपमान, धम्की र निलम्बनका कार्य पार्टीमा दैनिकी बनेको छ। समष्टीमा महाधिवेशनको मार्गनिर्देश र नीतिबाट पार्टी चुकेको छ, यी विषयमा अब पनि मौनता साँधे पार्टीकै दिर्घायुको लागि घातक हुनेछ ।’

नेतृत्व तहमा देखिएको विवाद सुल्झाउन दुई पूर्व अध्यक्षसहितको विवाद समाधान समिति गठन गर्नुपर्ने पनि उनको माग छ ।

टिप्पणीहरू