रास्वपाका नेताहरू सौराहमा भेला

रास्वपाका नेताहरू सौराहमा भेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिकाे विस्तारित बैठक आजदेखि शुरु भएको छ । चितवनको सौराहामा आज बिहानदेखि बैठक शुरु भएको हो ।

जेनजी मुभमेन्टपछि उत्पन्न परिस्थिति र भावी रणनीति तय गर्ने भनिएको विस्तारित बैठकमा करिब ५ सय प्रतिनिधि सहभागी छन् । कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले वाचापत्र र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । 

प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको सांगठनिक अवस्थाबारे ब्रिफिङ गर्ने रास्वपाले जनाएको छ ।

बैठकले समान बिचार भएकाहरूसँग मिलेर नयाँ वैकल्पिक शक्ति निर्माण गर्नेबारे महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ । हिजोमात्रै उपसभापति अर्याल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माओवादीबाट अलग भएका जनार्दन शर्मा लगायतले यसबारे छलफल गरेका थिए ।

टिप्पणीहरू