रास्वपाबाट अलग भए सन्तोष परियार

रास्वपाबाट अलग भए सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । कार्यवाहक सभापति डिपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उनले लिखित राजीनामा बुझाएका हुन् । 

रास्वपाका प्रभावशाली नेता परियार प्रतिनिधिसभा विघटनअघि दलको प्रमुख सचेतकसमेत थिए । उनले आज साँझसम्म विज्ञप्ति निकालेर नयाँ अभियानको घोषणा गर्न लागेको बुझिएको छ । 

पछिल्लो समय रास्वपाका असन्तुष्ट नेताहरूले धमाधम पार्टी छाडिरहेका छन् । गत भदौ २९ गते पूर्वमन्त्री सुमना श्रेष्ठ सो पार्टीबाट बाहिरिएकी थिइन् । नेताहरु गणेश कार्की, निशा डाँगीलगायत पनि पार्टी छोड्ने तयारीमा रहेको जानकार स्रोतले बताएको छ ।

टिप्पणीहरू