मतदाता नामावली दर्ताको समय थप्ने तयारी
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलन प्रक्रियामा म्याद थप गर्न निर्वाचन आयोगसँग आग्रह गरेकी छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै उनले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेको बुझिएको छ । यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जवाफ भण्डारीले दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीवारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् ।
आयोगले मतदाता नामावली संकलनका लागि कात्तिक ३० गतेसम्मको समयसीमा निर्धारण गरेको छ । ही दिनयता मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको चाप बढेपछि आयोगले हिजोदेखि परिचय पत्रको आधारमा अनलाइनबाटै दर्ता गर्ने व्यवस्था मिलाएको छ । अहिले आयोगका कर्मचारीले दुई सिफ्टमा काम गरिरहेका छन् ।
टिप्पणीहरू