नक्सालमा सशस्त्रको हुल

नक्सालमा सशस्त्रको हुल

सशस्त्र प्रहरी बल,नेपालका पूर्वप्रमुखहरु नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीलाई बधाई दिन प्रहरी प्रधान कार्यालय पुगेका छन्। 

काठमाडौंको नक्सालस्थित प्रहरी हेडक्वार्टरमा आज हुल बाँधेर पुगेका उनीहरुले आईजीपी कार्कीलाई सफल कार्यकालको लागि शुभकामना दिएका हुन् । 

नक्साल पुग्ने टोलीमा सशस्त्रका पूर्वमहानिरीक्षक (आईजीपी) हरु सनतकुमार बस्नेत,शैलेन्द्र श्रेष्ठ र पुष्पराम केसी, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) तथा भूपू संघका अध्यक्ष नारायणबाबु थापा र सुवोध अधिकारी, पूर्वनायब महानिरीक्षक (डिआईजी) दिवाकर केसी र नगेन्द्र थापा, पूर्वउपरीक्षक (एसपी) पूर्ण साउद रहेका थिए ।

बधाईसँगै आईजीपी कार्कीलाई आफूहरुको पूर्ण साथ र सहयोगको प्रतिबद्धतासमेत उनीहरुले व्यक्त गरेको बताइएको छ ।


 

टिप्पणीहरू