लमही पुग्दै प्रचण्ड, माधव नेपालहरु

लमही पुग्दै प्रचण्ड, माधव नेपालहरु

नेपाली कम्युनिष्ट पार्टीले लुम्बिनी प्रदेशमा एकता सन्देश सभाको आयोजना गरेको छ । दाङको लमही–देउखुरीमा सभा शुुरु हुन लागेको छ ।

सभामा सहभागी हुन नेता र कार्यकर्ताहरू पुग्ने क्रम जारी छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपालसहित शीर्ष नेतृत्वद्वारा सम्बोधन गर्ने कार्यक्रम छ । 

पार्टीले हिजो धनगढीमा सभा आयोजना गरेको थियो । भोलि पोखरा, पर्सि विराटनगर, बुधबार काठमाडौं, बिहीबार सुर्खेत, आगामी शनिबार जनकपुर, मंसिर २१ गते विदेशमा रहेकासँग भर्चुअल, मंसिर २२ गते पुनः काठमाडौं र २३ गते हेटौंडामा सभा राखिएको छ ।

टिप्पणीहरू