अविश्वास प्रस्तावको सम्भावना पछाडि धकेलियो

अविश्वास प्रस्तावको सम्भावना पछाडि धकेलियो

आज अपरान्ह बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठकअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेश हुने भनिएको अविश्वास प्रस्ताव दर्ताको सम्भावना कम रहेको बताइएको छ । नेपाली काँग्रेसले हिजो दिनभरि प्रस्तावमाथि माननीयहरुको दस्तखत गराउन गरेको दौडधुपमा आज एक्कासी ब्रेक लागेको उच्च स्रोतको दाबी छ ।

अविश्वास प्रस्ताव अघि बढाउने भनिएपनि काँग्रेसले औपचारिक निर्णय नगरी अनिर्णयको बन्दी बनेपछि प्रस्ताव रोकिएको हो ।

उता,नेकपाको माधव–प्रचण्ड खेमामा सँसदीय दलभित्र बहुमत हुँदाको अवस्थामा समेत संसदीय दलको नेताले पाउने वैधानिकताको प्रश्न पेचिलो बनेको छ । एकातिर काँग्रेसको अनिर्णय र अर्कातिर उक्त समूहमा संसदीय दलको नेताको वैधानिकताको प्रश्नले आजै दर्ता हुने भनिएको अविश्वासको प्रस्तावको सम्भावना कम हुँदै गएको हो ।

टिप्पणीहरू