जोशी अझै भेन्टिलेटरमै

जोशी अझै भेन्टिलेटरमै

पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यअवस्था गम्भीर बनेको छ । मध्यराती जोशीको निधनका खबर बाहिरिएपछि अस्पताल प्रशासनले भेन्टिलेटरमा राखी उपचार भैरहेको प्रष्ट पारेको छ ।

सम्बन्धित चिकित्सकले भर्खर राउण्ड लिएको र तत्काल भेन्टिलेटर नझिक्ने निर्णय भएको बताइएको छ । ५७ वर्षीय जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

फागुन १४ गते राती मस्तिष्कघात भएपछि वीर अस्पताल हुँदै नर्भिक पुर्याइएका जोशीको स्वास्थ्यमा केही दिनपछि सुधार भएको थियो । तर,फेरि स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ ।

 

*यसअघि काँग्रेस नेता नविन्द्रराज जोशीबारे हतारोमा समाचार प्रकाशित भएकोमा क्षमायाचनासहित सच्याइएको छ । स.

टिप्पणीहरू