एमाले नेताहरु बिहानैदेखि व्यस्त

एमाले नेताहरु बिहानैदेखि व्यस्त

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग २ नम्बर प्रदेशका नेता तथा कार्यकर्ताहरुले सामूहिक भेटघाट तथा छलफल गर्न लागेका छन् । नेपाल नेवास कोटेश्वरमा बिहान ११ बजेको निम्ति उक्त भेटघाट तय गरिएको बताइएको छ ।

भेटघाटमा समसामयिक राजनीति, एमालेको सांगठनिक गतिविधिमाथि छलफल हुने स्रोतले बताएको छ । त्यसैगरी उपाध्यक्ष डा.भीम रावलको प्रमुख आतिथ्यमा बिहानैदेखि एमाले सुदूरपश्चिम कार्यकर्ता भेलाको आयोजना गरिएको छ ।

बिहान ९ बजेदेखि बानेश्वरस्थित अर्याल होटलमा भइरहेको भेलामा झण्डै ८० जना अगुवा कार्यकर्ताको उपस्थिति रहेको छ ।

टिप्पणीहरू