विद्याको बदनाम

काठमाडौं महानगरपालिकाका डिएसपी मनोज लामिछानेले वर्षौंदेखि सरकारी सम्पत्ति तथा साधनहरूको दुरुपयोग गरिरहेका छन् । निजले घरायसी कामकाज तथा खेतीपातीमा तल्लो दर्जाका प्रहरी प्रयोग गरिरहेको प्रत्यक्षदर्शी बताउँछन् ।

निजको घर भक्तपुर जिल्ला चाँगुनारायण–६ र अधिकांश खेतीपाती वडा नं. ७ मा पर्छ । निजले केही महिनादेखि आफ्नो खेतीबारीमा भएका सयौं रूख काट्न महानगरको मेशिन तथा यातायातका साधन (डोजर, ट्रक र जिप) सहित बिदाको दिन तल्लो दर्जाका २० जना सिपाहीसहित प्रयोग गरिरहेका छन् ।

महिनौँदेखि निर्धक्क दुरूपयोग हेर्न शनिबार चाँगुनारायण–७ को वनपँधेरो भन्ने स्थानमा स्थानीय जम्मा हुने गरेका छन् ।

 

टिप्पणीहरू