‘सरकार टिकाउन सम्झौता गरिन्न’

‘सरकार टिकाउन सम्झौता गरिन्न’

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार टिकाउनैको निम्ति नेकपा (एमाले) ले कुनै पनि किसिमको सम्झौता नगर्ने बताउनुभएको छ ।

मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा गुरुङले सरकार टिकाउने नाममा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि गठबन्धनको आवश्यकता नठानेको उल्लेख गर्नुभयो ।

सरकारमा रहेमा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने र विपक्षमा पुर्याएमा आगामी निर्वाचनको तयारी गरेर पुनः सिंहदरबार प्रवेश गर्ने प्रधानमन्त्री ओलीको आत्मविश्वास उल्लेख गर्दै उहाँले भन्नुभयो ‘एमालेको दुवै हातमा लड्डु छ ।’

मन्त्री गुरुङले पार्टीमा सबै प्रकारका गुटबन्दीको अन्त्य गरिने समेत बताउनुभयो । गुटबन्दीका कारण सरकार अवरुद्ध हुने र विभाजन हुने प्रवृत्तिको अन्त्य गर्ने स्पष्ट दृष्टिकोणका साथ पार्टी अगाडि बढेको उहाँको भनाई थियो ।

मन्त्रीले भन्नुभयो ‘पार्टी नेतृत्व र सरकारलाई कमजोर बनाउने गतिविधिमा संलग्न हुनेलाई छुट दिइनेछैन ।’

टिप्पणीहरू