प्रधानमन्त्रीको अलमलवीच नगरपालिका संघकाे वार्षिकोत्सव

प्रधानमन्त्रीको अलमलवीच नगरपालिका संघकाे वार्षिकोत्सव

नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सव राजधानीको लाजिम्पाटस्थित र्याडिसन होटलमा शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भनी डाकिएको कार्यक्रममा उहाँ नआउने भएपछि अलमलमा परेको थियो । पछि प्रधानमन्त्री सामेल हुने वाचा कवुल सहित कार्यक्रम अहिले शुरु भएको छ ।

नगरपालिका संघमा देशभरिका २९३ वटा नगरपालिका आवद्ध छन् । संघको अध्यक्ष धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जु हुन् । कार्यक्रममा

भाग लिन प्रधानमन्त्री जाँदै हुनुहुन्छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना ड्यासमा बसिसक्नुभएको छ ।

टिप्पणीहरू