सामाजिक सञ्जालको दुरुपयोगमा सावधान !

सामाजिक सञ्जालको दुरुपयोगमा सावधान !

सामाजिक सञ्जालको प्रयोग सदुपयोगभन्दा दुरुपयोगतर्फ सोझिन थालेको छ । सामाजिक सञ्जालको पासवर्ड ह्याक गरी आफन्तसँग रकम माग्ने,ठगी गर्ने लगायतका घटनाहरु पछिल्लो समयमा बढि मात्रामा सुन्न र देख्नमा आएका छन् ।

सामाजिक सञ्जालको दुरुपयोगका घटना अरु बाहिरिन थालेपछि प्रहरी प्रधान कार्यालय,साईबर ब्युरो काठमाण्डौले साइबर आक्रमणबाट जोगिन अनुरोध गर्दै विज्ञप्ती निकालेको छ ।

साईबर ब्युरोले निकालेको विज्ञप्तीमा बर्तमान समयमा सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग बढ्दै गएको जनाउँदै आम जनतालाई सतर्क रहन आग्रह गरिएको हो । साइबर अपराधीहरुले सामाजिक सञ्जाल ह्याक गरी आफन्त तथा भाइ साथीहरुसँग मोटो रकम माग गर्ने,ब्ल्याकमेल गर्ने र ठगी गर्ने लगायतका कार्यहरु गर्दै आएका निबेदनहरु ब्युरोमा पुगेपछि साईबर सुरक्षा अपनाउन आग्रह गरिएको हो ।

सुरक्षाका लागि आफ्ना सामाजिक सञ्जालका पासवर्ड कसैले परिवर्तन गर्न नसक्ने गरी सुरक्षित गर्न,समय–समयमा पासवर्ड फेरबदल गर्न,मल्टी फ्याक्टर अथेन्टिकेशन सेट गर्न र सुरक्षित रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न आग्रह गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

टिप्पणीहरू