चौधरी समर्थकलाई गृहमन्त्रीको पत्र

चौधरी समर्थकलाई गृहमन्त्रीको पत्र

गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ रेशम चौधरी समर्थक तथा संघर्ष समितिलाई लिखित पत्र पठाउनु भएको छ ।

वार्ताको आव्हान गर्दै उहाँले पत्र पठाउनु भएको हो । चैत ८ गतेदेखि रेशम चौधरी समर्थकले राजधानीको माईतीघर मण्डलामा धर्ना दिँदै आएका थिए ।

बिहीबार धर्नास्थलमै पुगेर सम्बोधन गर्नुभएका गृहमन्त्री थापाले शुक्रबार वार्ताको आव्हान गर्दै पत्र पठाउनुभएको हो । थरुहट-थारुवान संयुक्त संघर्ष समितिका संयोजक रुक्मिणी चौधरीले पत्र पठाएको बताएकी हुन् ।

गृहमन्त्रीको पत्र प्राप्त भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताउँदै संयोजक चौधरीले अब सरकारसंग वार्ताको लागि आवश्यक वातावरण मिलाउने जानकारी दिइन् ।

टिप्पणीहरू