माओवादी निकट जनस्वास्थ्यकर्मी महासंघको सम्मेलन शुरु

माओवादी निकट जनस्वास्थ्यकर्मी महासंघको सम्मेलन शुरु

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यर्मी महासंघको प्रथम बागमती प्रदेश सम्मेलन शुरु भएको छ ।

माओवादी केन्द्रको पार्टी मुख्यालय,पेरिसडाँडामा शुरु भएको उक्त सम्मेलन प्रथम बाग्मती प्रदेशस्तरीय कार्यक्रम भएको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रमस्थल नआउँदै नेता लीलामणि पोखरेललगायत झण्डै डेढ सय जनाको उपस्थितिमा कार्यक्रम शुरु गरिएको आयोजकहरुले बताएका छन् ।

महासंघका संयोजक लीलानाथ भण्डारी हुन् ।

टिप्पणीहरू