मधेशीसँग उही मन्त्रणा

मधेशीसँग उही मन्त्रणा

‘सबै मैँ हुँ’ भन्ने शैलीमा प्रधानमन्त्री केपी ओली पेश भइरहँदा मधेसी नेताहरू ट्वाल्ल परेर बालुवाटारबाट फर्किएका छन् ।

मंगलबार पनि बालुवाटार पुगेको जसपाको पूर्वराजपा समूहका नेताहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाइँ’, ‘हुँदैन’ जस्ता कुनै पनि वाक्य सुनाउनुभएन । बरु, उहाँले माग भएका हरेक कुरा ‘मैले गर्ने त हो’ भन्दै सबै कुरा पूरा गर्ने, तर सत्तायात्रामा साथ दिनुपर्ने भनाइ राख्नुभयो ।

अघिल्लोपटकको बसाइमा भन्नुभयो, ‘तपाईंहरूको माग पूरा गर्ने, रेशम चौधरीलाई छोड्ने मैँ हुँ । राष्ट्रपति मैँसँग हुनुहुन्छ ।’ उहाँले अविश्वासको प्रस्ताव ल्याउनसक्ने ठाउँ नभएको भन्दै ल्याएमा सामना गर्ने र त्यसबेला साथ दिनुपर्ने भन्नुभयो ।

‘अविश्वास प्रस्ताव पारित भए पनि पहिलो ठूलो दलमा प्रधानमन्त्री जान्छ । त्यो पनि मैँ हुँ । विश्वासको मत नल्याए अर्को धारामा जाने पनि मैँ हुँ । त्यसैले मलाई जति धारे हात लगाए पनि अन्तिममा हुने त चुनाव नै हो’, प्रधानमन्त्रीले ती नेताहरूसँग भन्नुभयो ।

अर्कातिर, बाबुराम, उपेन्द्र यादवसहितका नेताहरू पनि अहिले नै जसपा नफुट्ने बताउँछन् । ती नेताको भनाइ छ, जसपा एक ढिक्का हुँदा भएर ओलीसँग जाँदैन । महन्थहरूलाई फुटाएर लगे विश्वासको मत लिने क्रममा माधव नेपाल समूहले फ्लोर क्रस गरेमा संख्या पुग्दैन ।

माओवादी केन्द्रले कि माधव नेपालसहितको एमाले बनोस्, त्यसो गर्दा चित्र अर्को हुन्छ भनेको छ । माधवबिनाको एमाले बनायो भने ओलीका निम्ति झन् बढी संकट उसको बुझाइ छ ।

टिप्पणीहरू