प्रदेश माननीयको छुट्टै सुरक्षा दस्ता

प्रदेश माननीयको छुट्टै सुरक्षा दस्ता

गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दिपक मनाङ्गेको छुट्टै सुरक्षा दस्ता देखिएको छ । मनाङबाट निर्वाचित गुुरुङको विगत आपराधिक पृष्ठभूमिको भएकाले पनि उनले सरकारी सुरक्षा निकायको विश्वास नगरेको हुनसक्ने स्रोतको दाबी छ ।

झण्डै ३० वर्षअघि काठमाडौंको ठमेल क्षेत्रमा जबरजस्ती चन्दा असुलीको धन्दाबाट उदाएका गुरुङ अहिले प्रदेश सांसद बनेका छन् । झण्डै एक दशकपछि त्यस्तै पेशामा संलग्न महाराजगञ्ज क्षेत्रका अर्का डन चक्रे मिलनसँगको सामूहिक भिडन्त पश्चात् दुई समूहबीच चन्दा असुली र मारपिटको धन्दालाई लिएर पटक पटक झडप भएको थियो ।

सन् २००८ मा त्यस्तै आक्रमणको घटनामा संलग्न भएको आरोपमा गुरुङलाई एक वर्ष जेल सजाय भयो । ९ वर्षअघिको एउटा हत्या घटनामा संलग्न भएको आरोपमा पाँच वर्ष जेल हालियो । लगत्तै उनी २०७४ को निर्वाचनमा मनाङबाट गण्डकी प्रदेश सभाको सांसद बने । त्यसपछि पनि उनलाई अगाडिका विभिन्न आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतको आदेशमा जमानतमा छुटेपछि मात्र गुरुङले सांसद पदको शपथ ग्रहण गरेका हुन् । माननीय छँदै एउटा कार्यक्रममा भएको आक्रमणमा समेत संलग्नता देखिएपछि गत वर्ष पनि उनी पक्राउ परेका थिए ।

 

टिप्पणीहरू