कोरोनाले आज २८ जनाको ज्यान लग्यो

कोरोनाले आज २८ जनाको ज्यान लग्यो

आज नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप २८ जनाको ज्यान गएको छ । हिजो १४ जनाको ज्यान गएकोमा आज त्यो संख्या बढेर दोब्बर भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

मन्त्रालयका अनुसार देशभर ९ हजार २ सय ९२ जनामा गरिएको पीसीआर परीक्षणबाट ३ हजार ३२ तथा ७ सय ८६ जनामा गरिएको ऐनटिजेन्ट परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै आज देशभर संक्रमितको संख्या ३ हजार १ सय २२ पुगेको छ । त्यसमध्ये अत्यधिक संक्रमित काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ सय ५० रहेको छ । यसीचमा ६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

टिप्पणीहरू