दोलखा भीमसेनलाई आयो पसिना
दोलखाको सदरमुकाम चरिकोटमुन्तिर रहेको ऐतिहासिक भीमसेनको मूर्तिलाई पसिना आएको छ ।
त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गुठी र पुजारीको हवाला दिदै मन्दिरको ड्युटीमा तैनाथ सुरक्षाकर्मीले भर्खरै यससम्वन्धी रिपोर्टिङ गरेका हुन् । पोहोर कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो ।
०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ ।
यो धार्मिक बिश्वासको संयोग मात्रै हो या यसमा केही तथ्य पनि लुकेको छ ! भन्न सकिन्न तर,दोलखा भीमसेनलाई पसिना आउनु र मुलुकमा केही बिपत्ति आउनुमा गजबको तादात्म्यता मिलेको पाइन्छ ।
टिप्पणीहरू