एमालेमा दिइएको समयसीमा समाप्त, साँसदहरुको राजीनामा आउनै लाग्यो,राजनीति नयाँ मोडमा
नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत रहिरहने सामान्य आशा र अपेक्षा तुहिएको छ । एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ झनालसहित ०७१ सालको नवौं महाधिवेशनद्वारा निर्वाचित बहुमत पदाधिकारीले एकता जोगाउन हिजो दिएको समयसीमा सकिएको छ ।
बालुवाटार आफ्नो चट्टानी अडानमा टसको मस देखिएन । फलतः ०७४ मा प्रत्येक्ष निर्वाचित डेढ दर्जन माथि साँसदको राजीनामा दर्ता हुने प्रक्रिया शुरु भएको छ । उता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबाट लुम्बिनी र गण्डकी मोडलमा झैं सँसदको सामना नगरी राजीनामा दिइने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ ।
सँसदीय प्रक्रियामा जाँदा भने आफ्ना कुरा राख्ने ठाउँ रहन्छ । तर,टेलिभिजनबाट रास्ट्रका नाममा सम्बोधन पनि हुन सक्छ । यसअघि ०७३ मा ओलीले काङ्ग्रेस-माओवादीद्वारा प्रस्तुत अविश्वास प्रस्तावमाथि मतदान हुनै लाग्दा त्यसको सामना नगरी अन्तिम क्षणमा राजीनामा दिनुभएको थियो ।
आज पनि मतदानमा जानुपूर्व राजीनामा दिएर ठूलो दलको नेताका हैसियतले धारा ७६ (३) अनुसार तत्कालै नियुक्ति लिने सम्भावनासमेत रहेको बताइन्छ । त्यसो गर्दा एक महिना सत्ता लम्बिन्छ र बजेट ल्याउन पाइन्छ ।
टिप्पणीहरू