विद्युतको तार सर्ट हुँदा आगलागी

विद्युतको तार सर्ट हुँदा आगलागी

बारामा एक पसलमा विद्युतको तार सर्ट हुँदा आगलागी भएको छ ।

जिल्लाको निजगढ नगरपालिका–१०, लाल बस्ने प्रेमबहादुर लोप्चनको घरमा रहेको किराना पसलमा विद्युतको तार सर्ट भई सोमबार बिहान आगलागी भएको हो ।

आगलागी हुँदा घर, नगद, लत्ताकपडा, किराना सामानहरु समेत जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू