थप ७ वटा मन्त्रालय पनि प्रधानमन्त्री ओलीलाई
रक्षा मन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मामा थप सात वटा मन्त्रालय तोकिएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार आजदेखि उहाँले गृह,ऊर्जा,जलस्रोत तथा सिँचाइ,उद्योग,वाणिज्य तथा आपूर्ति,शहरी विकास,खानेपानी, श्रम,रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने भएको हो ।
हिजो सर्वोच्च अदालतको रामबहादुर थापा,टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह,मणिचन्द्र थापा,गौरिशंकर चौधरी र दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु,गर्न नदिनु भन्ने अन्तरिम आदेशका कारण उनीहरुको कार्यभारमा रहेको मन्त्रालयको जिम्मा आजदेखि प्रधानमन्त्रीलाई दिइएको हो ।
टिप्पणीहरू