अदालत जानुअघि माधव नेपाल खेमाको हस्ताक्षर संकलन जारी
मकवानपुरका एमाले साँसद विरोध खतिवडाले भर्खरै जनआस्थालाई दिनुभएको जानकारीअनुसार अस्ति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्नेमध्ये २४ जनाको हस्ताक्षर संकलन भइसकेको छ । सिंहदरबारस्थित लेखा समितिको हलमा भेला भएर उनीहरु हस्ताक्षर जुटाउँदै छन् ।
खतिवडाका अनुसार हिजो सहभागी नभएका डा.दीपकप्रसाद भट्ट र नुवाकोटे सांसद नारायण खतिवडा पनि आज थपिएका छन् ।
गोकर्ण बिष्ट बिरामी भएको हुँदा घरमै गएर हस्ताक्षर गराउने वा वारेसनामा पठाउने भन्ने बिषयमा छलफल भइरहेको छ । उनले १ बजे सर्वाेच्च पुगेर रिट दायर गर्ने तयारी भइरहेको सुनाए ।
टिप्पणीहरू